हल्दीबारी , असोज २५ । झापाको हल्दीबारी –३ स्थित रातमाटे सामुदायिक वन उपभोक्ता समूहको ११ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

पञ्चायत माध्यमिक बिद्यालय परिसरमा अध्यक्ष बिष्णु ओलीको अध्यक्षतामा भएको सभाको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष रोशन शिवाकोटी (रोशनी) ले गरेकी थिइन् ।
कार्यक्रममा गत आर्थिक वर्ष २०७६—०७७ को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०७७—०७८को वार्षिक कार्यक्रम अध्यक्ष ओलीले प्रस्तुत गरेका थिए भने आन्तरिक लेखा परीक्षण प्रतिवेदन आन्तरिक लेखा समितिका संयोजक अबिषेक खतिवडा(अबि)ले प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा चालु आर्थिक वर्षको लागि अनुमानित ४० लाख ३३ हजार ६सय ९५ बराबरको कार्यक्रम उल्लेख गरिएको छ । जसअनुसार वन विकासमा ८ लाख ७ हजार ४ सय ८०, गरिबी न्यूनीकरणमा ११ लाख ४९ हजार १सय ७, प्रशासनिक खर्चमा २लाख ८० हजार ५ सय ९० , संस्थागत बिकासतर्फ ५लाख २३ हजार , संकलनमा ६ लाख ३१ हजार ७ सय ३० रुपैयाँ आदि रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा हल्दीबारी गाउँपालिका वडा नम्बर ३ अध्यक्ष शिवाकोटी , जिल्ला वन महासंघ कोषाध्यक्ष तथा हल्दीबारी कार्यपालिका सदस्य गीता भण्डारी, हल्दीबारी महासंघ अध्यक्ष हेमराज काफ्ले, वन तथा वातावरण बिभाग हल्दीबारी संयोजक तथा गाउँपालिका कार्यपालिका सदस्य शर्मिला बिकको आतिथ्यता रहेको थियो ।
समूहका सहसचिव टेकबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव बिष्णुमाया तिम्सिना ढुङ्गेलले गरेकी थिइन् ।
यसैबीच आइतबार नै भएको अधिवेशनले टेकबहादुर खड्काको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा धनिराम मेचे ,सचिव संगिता मेचे,सह—सचिव सिता भट्टराई र कोषाध्यक्ष मंगल मेचे रहेका छन् । त्यस्तै सदस्यमा रन्जना मिश्र, पदम तामाङ,युनिसा गिरी,मिना दर्जी,मैना कार्की,बाबुराम मर्मु,सुनिराम मेचे,डम्बर मेचे रहेका छन् ।त्यस्तै बिष्णु ओली संयोजक रहेको लेखा समिति पनि निर्माण गरिएको छ । जसको सदस्यमा अबिषेक खतिवडा र कमला ढुङ्गेल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्