बिर्तामोड , २६ असोज । करेन्ट लगाएर माछा मार्ने क्रममा बिर्तामोड १० चमरधापमा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

वडाध्यक्ष दुर्योधन गुरुङका अनुसार पाँचथर फिदिमका २४ वर्षीय शिव तुम्बाहाम्फेको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै माछा मार्न गएका स्थानीय हरिप्रसाद रिमाल घाइते भएका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । तुम्बाहाम्फे केही दिनअघि बिर्तामोड १० स्थित ठूलीआमाको घर चमरधाप आएका थिए । ठूलीआमाको घर नजिकैको नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्