झापा, असोज २६ । झापामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ , अर्जुनधारामा २ र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको हो । भद्रपुरमा मेची अस्पतालका एक महिला र अर्का पुरुष गरी दुई जना कर्मचारी र कृषि विकास बैंकका एक पुरुष कर्मचारीलाई संक्रमण देखिएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए । त्यस्तै संक्रमित हुनेमा एक जना स्थानीय रहेका छन् ।
त्यसैगरी अर्जुनधारा नगरपालिकामा संक्रमित हुनेमा एक महिला र एक पुरुष छन् । उनीहरु वडा नम्बर १ र ३ का हुन् । ४८ वर्षीया र ५५ वर्षीय उनीहरु स्थानीय हुन् ।त्यस्तै, दमकमा ३ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५ , ८ र १ का उनीहरु सबै स्थानीय रहेको दमक नगरपालिकाले जनाएको छ ।झापामा हालसम्म संक्रमितको संख्या ११२१ पुगेको छ । जसमा ८८९ निको भएका छन् । २२० जना सक्रिय संक्रमित हुँदा १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्