कमल, असोज २६ । झापाको कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारस्थित युनाईटेड बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार १७ औ बार्षिक साधारणसभामा सम्पन्न गरेको छ ।

यस वर्ष कोरोना भाइरसको उच्च जोखिमका कारण स्वास्थ्य सावधानी अपनाएर साधारणसभा सम्पन्न गरिएको व्यवस्थापक दुर्गाप्रसाद नेपालले बताएका छन् ।
संस्थाको कार्यालयमा आयोजना गरिएको साधारणसभामा संस्थाका अध्यक्ष ललितकुमार बान्तवाले सञ्चालक समितिका तर्फवाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका लेखा समितिका संयोजक डम्बरकुमार राईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरेको छ । त्यसपछि औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिएको अध्यक्ष राईले बताए । सहकारीका सल्लाहकार संयोजक पूर्णानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा सामाजिक अगुवा दिलिप राईलगायतले सहकारीका बारेमा चर्चा गरेका थिए ।साधारणसभामा संस्थाका कोषाध्यक्ष मदनकुमार राईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन उपाध्यक्ष विरेन्द्र तिवारीले गरेका थिए ।
संक्रमणका बावजुद कारोवार बृद्धि
४६ लाख २० हजार ३ सय शेयर पुंँजी रहेको सहकारीमा ३२५ जना शेयर सदस्य रहेका छन् । त्यस्तै संस्थाले गएको आर्थिक बर्षको अवधिमा १ करोड ५९ लाख ७५ हजार ४३२ रुपैयाँ बचत ,एक करोड ६२ लाख ५० हजार ६७५ रुपैयाँ कर्जा लगानी गरेको पारित प्रतिवेदनमा उल्लेख छ । संस्थाले अघिल्ला बर्षको तुलनामा गत आर्थिक बर्ष २०७६—७७ मा कोरोना संक्रमणका बावजुद प्रगति गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ । संस्थाले शेयर पुँंजीमा गएको वर्ष ६.८१ प्रतिशत ,निक्षेपमा २०.९१ प्रतिशत , कर्जा लगानीमा २०.९८ प्रतिशत र नाफामा समेत वृद्धि गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार शेयर पुँंजीमा ३ लाख १० हजार ९५० , निक्षेपमा २७ लाख ६३ हजार ८३६ ,लगानीमा ३० लाख ६२ हजार ११२ र ४ लाख ५४ हजार २४८ नाफा आर्जन गर्न सफल भएको पारित प्रतिवेदनमा जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्