झापा, असोज २७ । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् ।

आज बिर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध रहेकी छन् ।
यस अघि उनी नारी सञ्चार गृहको उपाध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सह–सचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् ।
पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्ने उद्धेश्यले गठित नारी सञ्चार गृहको यस अघिको दुई कार्यकालको अध्यक्षमा अम्बिका भण्डारी र सावित्रा दाहाल थिए ।
बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महताराको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा भएको थियो ।
संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपिन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्