भद्रपुर, असोज २९भद्रपुर ५ स्थित सिद्धार्थ शिशु सदनको शिक्षक निस्काशन विवाद सहमतीमा टुंगिएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको पहलमा विद्यालयका संस्थापक श्याम देवान र पीडित शिक्षक बीच सहमतिपछि विवाद अन्त्य भएको हो ।

शैक्षिक वर्ष २०७६ बाट विद्यालयमा काम गरिरहेकी शिक्षक सुजता ठकुरीलाई शैक्षिक वर्ष २०७७ सुरू भएको एक महिना बित्न लाग्दा पनि काममा नबोलाइएपछि खोजी गर्ने क्रममा निस्काशन गरिएको पाइएपछि विवाद बढेको थियो ।

विवाद समाधानका लागि आज विद्यालयमा भएको छलफलबाट निकार्श निस्केको हो । नीतिगत रूपमा भएका कमजोरी सच्याउने वातावरण निर्माण भए पश्चात सो विवाद सधैंका लागि अन्त्य भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्