बिर्तामोड , असोज २९ । यो पटक कोरोनाका कारण फलफुल बजारमा किनमेल गर्ने मानिसहरुको चाप कम भएसँगै व्यापार व्यवसाय गर्नेहरुमा पनि त्यति उत्साह देखिँदैन । अहिले बजार सबै खुले पनि ब्यापार नभएकाले दशैँ कसरी मान्ने भन्ने चिन्ता व्यापारीलाई छ ।

झापा बिर्तामोड नगरपालिका ४ की रिताकुमारी भर्वे हिकोला रोडमा फलफुलको ब्यापार गर्छिन् । उनले व्यापार गर्न थालेकी करिब २५ वर्ष भयो । गएका वर्षहरुमा चाडपर्व आउनै लाग्दा फलफुलको व्यापार राम्रो हुने गरे पनि यो वर्ष त्यति राम्रो व्यापार नभएको उनी बताउँछिन् । ४२ वर्षीय रिता र उनका श्रीमान् राजकुमार महतो फलफुल बेचेर नै परिवार गुजारा गर्दै आएको बताउँछन् । ‘पहिला ठेलामा बेचिन्थ्यो कमाइ राम्रै हुन्थ्यो । तर कोरोना नियन्त्रण गर्न भन्दै सरकारले गरेको लकडाउनपछि ओरालो लागेको व्यापार अहिले पनि उंभो लाग्न सकेको छैन ’रिताले समस्या राखिन् । मुख्य चाडपर्वहरुमा पनि व्यापार सप्रिंदैन कि भन्ने चिन्तामा उनीहरु छन् ।
‘लकडाउनको समयमा भोकभोकै बस्नु पर्यो , भोक सहन नसकेपछि उहाँ लुकिछिपी ठेला धकल्दै हिँड्यो’ रिताले भनिन् , ‘तर राम्रो व्यापार भएन ।’ अहिले सामान्य अवस्थामा जस्तो व्यापार भइनसकेको उनको भनाइ छ ।

राम्रै लगानी गरेर ठूलै व्यवसाय सञ्चालन गर्न मन लागेको छ एउटा सटर भाडामा लिन सकेको छैन।
बिर्ताबजारका ५७ वर्षीय जयप्रकाश पटुवा कृषिथोक रोडमा भाडा पसल छ । उनले कपडाको पसल सञ्चालन गर्न थालेको ३५ वर्ष भयो । लकडाउनपछि व्यवसाय निकै कम भएको उनको भनाइ छ ।
‘पोहोर परार दशैँ आउनुभन्दा अगाडि राम्रो ब्यापार हुने गरेको थियो ’ उनले भने , तर यो पाली भने जाउलो खान अप्ठ्यारो भैरहेको छ ।’ अहिले पोहोरको तुलनामा ३ भागको १ भाग पनि कमाई नभएको उनको भनाइ छ । हिजोआज हाई काढेरै दिन बित्ने गरेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्