एजेन्सी । शारजाह क्रिकेट स्टेडियममा खेलाइएको आईपिएलको ३१ औं खेलमा किंग्स इलावेन पंजाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

जितका लागि १७२ रनको लक्ष्यलाई किंग्स इलावेन पन्जाबले २० ओभरको अन्तिम वलमा छक्का हान्दै हासिल गर्यो । केएल राहुल र क्रिस गेलको तुफानी ब्याटिङसामु बैंगलोरका बलरहरुको जोर चलेन । यो जीतसँगै किंग्स इलावेन पन्जाबले लगातार हारको सिलसिलालाई तोडिदिएको छ । त्यही रोयल च्यालेन्जर्स बैंगलोरलाई ठूलो झट्का लागेको छ । सो म्याचअघि उसले लगातार जीत हासिल गर्दै आएको थियो । यो प्रतिष्पर्धाअघि किंग्स इलावेन पन्जाबको खातामा दुई अंक थियो । अब चार भएको छ । यद्यपि अंकतालिकामा उसको स्थान अझै पुछारमा रहेको छ । यो हारका बावजुद बैंगलोर अंकतालिकामा तेस्रो स्थानमा कायमै रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्