भद्रपुर , असोज ३० । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पानी आपूर्ति बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।

आफ्ना एक कर्मचारीमा कोरोना सक्रमण देखिएपछि पानी आपूर्ति बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । समितिले एक सूचना जारी गरी भद्रपुर १० चन्द्रगढीका एक कर्मचारीलाई कोरोना देखिएकाले असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म कार्यालय बन्द गरिएको जनाएको छ । समितिका सचिव बाबुराम कार्कीले पानी वितरणबाहेकका अन्य सम्पूर्ण सेवा असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म बन्द रहने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्