म हल्दिबारी गाउँपालिकाको एक युवा तथा नागरिकको तर्फबाट अबिषेक खतिवडा आपनो ब्यक्तिगत तर्फबाट र हल्दिबारीका जनताका तर्फबाट स्थानीय सरकारका प्रमुख हजुर श्री रबिन्द्रप्रसाद लिङ्देनलाई के सम्झाउन चाहन्छु भने म जस्ता युवा तथा स्थानीय नागरिक र जनताहरुले बनाउँदै गरेका घर तथा स्थानीय विकास निर्माणहरुमा गाउँपालिकाले लगाउनु पर्ने खोला नालाको ठेक्का असोज सकिन लाग्दा समेत नखोलेकाले असर पुगेको र धेरै जनताहरुले अनावश्यक मूल्यमा बाहिरबाट धेरै मूल्य हालेर किन्नु परेको कुरा यहाँलाई अवगत गराउन चाहन्छु । हल्दिवारी गाउँपालिकाको स्थानीय सरकारको नेतृत्वहरुको लापरबाहीको कारण जनताले ठूलो सास्ती खेप्नु परेको कुरा जानकारी गराउन चाहन्छु । जनताका अति आवश्यक घर बासस्थान र अन्य जनतालाई आवश्यक पर्ने विकास निर्माणका पूर्वाधारहरु निर्माणका लागि चाहिने बालुवा र गिट्टी बैधानिक रुपमा नखुलाउँदा र ठेक्का नलगाउनाले समस्या बुझेर गैरजिम्मेवारी रुपमा स्थानीय सरकारका नेतृत्वहरु बेखबर हुनु निन्दनीय छ ।बैधानिक रुपमा खोला नखुले पनि केही ट्याक्टर साहुहरुको मिलेमतोमा चोरी तस्करी गरेको घटनाहरु पनि बाहिरी सकेको हुँदा ध्यानाकर्षण समेत गराउन चाहन्छु । हल्दिवारी गाउँपालिकामा अनावश्यक विवाद उत्पन्न गराइ स्थानीय सरकारका कारणले जनतालाई धेरै समस्याहरु महसुस भएको अनुभव भएको छ । जिम्मेवार जनप्रतिनिधिहरुबाट जनतालाई आवश्यक विकास निर्माण तथा कामकारबाहीहरु ठप्प हुनु नेतृत्वको कमजोरी हो ।गाउँपालिकाले लगाउनु पर्ने खोला नालाको ठेक्का असोज सकिन लाग्दा समेत नलगाएको कारण के हो ? लिखित रुपमा प्रदान गरिदिनु होला । हल्दिवारी गाउँपालिकाको सभाबाट उत्पन्न विवाद असोज सकिन लाग्दा समेत समाधान हुन नसक्नु, सामाजिक सुरक्षा भत्ता र अन्य किसिमका भत्ताहरु वितरण नहुनुका कारण के हुन् र कमजोरी कसको र निकास कहिले खोज्नु हुन्छ हजुरहरु जानकारी गराइदिनु होला? जनताका काम रोकेर र जनताहरुलाई समस्या दिएर जनताका सेवक हांै भन्ने तपाईंहरु जनताका प्रमुख जनप्रतिनिधिहरुले के गर्न खोज्नु भएको हो? म लगायत सम्पूर्ण जनता जान्न चाहन्छौं । अबिषेक खतिवडा

                      

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्