कमल, कात्तिक १ । झापाको कमल गाँउपालिका– ६ मंगलवारे बजारस्थित सुम्निमा कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः प्रमोदकुमार दाहाल चुनिएका छन् । सहकारीको आठौँ बार्षिक साधारणसभाले पुनः ४ वर्ष दाहालको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा राजेन्द्र कुमार घिमिरे, सचिवमा राम प्रसाद दाहाल, कोषाध्यक्षमा अमृता न्यौपाने र सदस्यहरुमा राजकुमार पुरी, भरत राई ,जयकुमार गुरागाई ,बालकुमारी नेपाल, कुलबहादुर दाहाल, खेमराज गुरागाई, साबित्रा उप्रेती चुनिएका छन् ।
यस्तै, लेखासमितिको संयोजकमा तिर्थराज गौतम र द्धय सदस्यमा मोहन प्रसाद निरौला र रामजनम शाह चुनिएका छन् । त्यस्तै, राजेन्द्र कुमार घिमिरेको संयोजकत्वमा ऋण उपसमिति, लोकनाथ निरौलाको संयोजकत्वमा शिक्षा उपसमिति समेत गठन गरिएको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष दाहालले बताएका छन् । समाजसेवी पूर्णानन्द शर्माको प्रमुख आतिथ्यता तथा शेयर सदस्यहरुको उपस्थितिमा साधारणसभा सम्पन्न भएको थियो ।




