झापा कात्तिक ३ । केही दिनअघि झापाको दमक नगरपालिका वडा नम्बर– ७ की ६८ वर्षीया महिलाको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भयो । त्यसयता दमक नगरक्षेत्रका चार जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन । मृतकको शव व्यवस्थापनको चाँजोपाँजो नगरपालिका आफैंले मिलाउने गरेको छ । दमकबाट शव लिन विराटनगरका लागि एम्बुलेन्स सम्बन्धित अस्पतालतर्फ हिँड्छ । अर्को एम्बुलेन्स नेपाली सेनाको टोली ल्याउन परिचालन गरिन्छ । झापामा धेरै घटनामा सेनाको चारआलीको टोली सक्रिय हुने गर्छ ।


वृद्धाको शव सदगद गर्न आफन्तले माई खोलामा चित्ता तयार गरे । अपरान्ह ४ बजेतिर शव खोला किनारमा आइपुग्यो । चारआलीबाट सेनाले शव व्यवस्थापन गर्ने टोली पनि माईखोला किनार पठायो । टोली अघि बढ्यो ‘हाइपोक्लोराइड’ छर्केर शवलाई ‘सेनिटाइज्ड’ ग¥यो । एम्बुलेन्सबाट शव निकालियो । टोलीले सलामी हान्यो । अनि शव थपक्क चित्तामा राखिदियो । त्यसपछि आफन्तलाई शव नछोइकन दागबत्ती दिन आग्रह गरियो । छोराले दागबत्ती दिए । यो प्रक्रियासम्म पुग्न संक्रमितको मृत्यु भएपछिको समय जोड्दा साढे १३ घण्टा लाग्यो ।

बिहानको २ बजे मृत्यु भएकी वृद्धाको शव आफन्तले माईखोलामा लगेर जलाउने निर्णय गरेका थिए । शव व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकाले गर्नुपर्ने भएकोले दमक नगरपालिकाको कोभिड क्राईसेस म्यानेजमेन्ट कमिटीले खबर पाउनसाथ तत्काल प्रक्रिया थालनी ग¥यो । यो समग्र प्रक्रियामा दमक नपाको क्वारेन्टिन व्यवस्थापन समितिका सचिव तथा केस इन्भेस्टीगेसन एन्ड कन्ट्याक्ट ट्रेसिङ (सीआईसीटी) का संयोजक कुवेर भट्राई आफैं सक्रिय भए ।


उनले भने, ‘कोरोना संक्रमितको मृत्यु हुनासाथ त्यसको सूचना जति चाँडो आफन्तले पाउँछन्, संक्रमितको शव प्राप्त गर्न भने निक्कै सास्ती खेप्नुपर्दछ । तर हामीले तयार गरेको संरचनाका कारण हामीलाई भने समस्या छैन । आफ्नै एम्बुलेन्स भएकोले हामीले सेनासँग समन्वय गरी सकेसम्म चाँडै शवको व्यवस्थापन गर्न आग्रह गर्ने गर्दछौँ ।’ मृत्युको खबर पाउनासाथ नगरपालिकाले बनाएको कोभिडसँग सम्बन्धित समितिका पदाधिकारी स्वयम् सक्रिय हुने भएकोले आफूहरुलाई त्यति धेरै कठिनाइको महसुस नभएको बताए ।
टाढाको दमकबाट विराटनगरसम्म आएर मृतक संक्रमितको शव उठाएर लैजान लागेको समयसमेत जोड्दा आइतबार विराटनगरमै सदगद गर्नुपर्ने दुई जना मृतकको शव व्यवस्थापनमा भने विलम्ब भएको आफन्तले गुनासो गरेका छन् । विराटनगर–७ का ८६ वर्षीय वृद्धको शव प्राप्त गरी दागबत्ती दिन आफन्त १२ घण्टा कुर्नु प¥यो । बिहान ९ बजे मृत्युको घोषणा गरिएका वृद्धाको सदगद राति ९ बजे भयो । शव व्यवस्थापनका लागि समन्वय गरेका नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले भने, ‘मोरङको टाँडीबाट नेपाली सेनाको टोली विराटनगरसम्म आउने गाडीमा खराबी आएको भन्ने जानकारी आयो । धेरै अनुरोध र आग्रह गर्दा पनि १२ घण्टा समय लाग्यो ।’ प्रदेश सरकारले शव व्यवस्थापनमा समन्वय गर्दै सकेसम्म चाँडै र आफन्तलाई सास्त नहुने प्रबन्ध गर्न कार्कीले आग्रह गरे ।


विराटनगर ७ का आफन्तमा समेत संक्रमण देखिएकोले होम आइसोलेसनमै छन् । आफन्त तथा छिमेकीले स्थानीय सिंघिया खोलाको तटमा शवलाई हिन्दु परम्पराअनुसार दागबत्ती दिएर सदगद गरेका छन् । शवलाई घाटसम्म पु¥याउने प्रक्रियामा ढिलो भएपछि आफन्तहरु भोकैप्यासै अस्पताल आएका थिए । विराटनगर ७ का वडाअध्यक्ष मधुबाबु तिवारीले भने, ‘नेपाली सेनाको टोलीले पूरा गर्नुपर्ने कतिपय प्रक्रियाका कारण पनि केही विलम्ब भएको हामीलाई जानकारी गराइयो ।’ आइतबार विराटनगर १२ का अर्का पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको छ ।

अस्पतालमा उपचारको सबै व्यवस्था हुने तर संक्रमितको मृत्यु भएमा त्यसको व्यवस्थापन नेपाली सेनाले गर्ने प्रावधानअनुसार नै हुने र आफूहरुले केही पनि गर्न नसक्ने नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताएका छन् । उनले भने, ‘मृत्यु भए हामीले परिवार र सरकारी संयन्त्रलाई जानकारी गराउँछौं त्यसपछि उहाँहरुले नै शव उठाउने अनि सदगद गर्न लग्ने प्रावधान छ ।’ विराटनगरमा कोरोनाका कारण ३० जनाको मृत्यु भइसकेको छ । प्रदेशभर मृत्यु हुनेको संख्या आइतबारसम्म १३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्