झापा, कात्तिक ३ । बिर्ता सिटी हस्पिटल बिर्तामोडका दुई चिकित्सक र तीन स्वास्थ्यकर्मीसहित झापामा ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा संक्रमित हुनेहरुमा १९ महिला र २९ पुरुष रहेका छन् । त्यसमा सबैभन्दा बढी भद्रपुर नगरपालिकाका ६ महिला र ९ पुरुष गरी १५ जना रहेका छन् । त्यस्तै बिर्तामोडमा ६ महिला र ५ पुरुष गरी ११ जना संक्रमित भएका छन् । त्यसमध्ये बिर्तासिटी हस्पिटलका एक महिला र एक पुरुष गरी दुई चिकित्सक र तीनजना महिला स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ । त्यस्तै मेचीनगर नगरपालिकामा ११ , गौरादहमा ६ जना , झापामा २ बुद्धशान्ति, दमक र अर्जुनधारामा १–१ जना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १४०७ पुगेको छ । त्यसमध्ये ९८१ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्