गौरीगञ्ज, कार्तिक ७ । गौरीगञ्जमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

गौरीगञ्ज गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी २० बर्षिय सुरज महतो र सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षिय कृष्ण महतो आज विहान करिब ७.३० बजे पक्राउ परेका हुन् । गौरीगञ्ज गाउँपालिका वडा नं. ५ फत्तेपुर सीमा नजिकबाट लागुऔषध कोरेक्स, हाईट्रोभेट ट्याव्लेटसहित २६ वटा बोतल झोलामा राखेर साईकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूसहित बरामद गरिएको लागुऔषध र साईकल ईलाका प्रहरी कार्यालय गौैैरीगंजमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्