झापा , कात्तिक ८ । बिर्तामोडका ९ सहित झापामा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ३ महिला र १३ पुरुष रहेका छन् ।

बिर्तामोडमा २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै स्थानीय समुदायका हुन् । एकजना चिकित्सकलाई पुनः पोजिटिभ देखिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका दीपक बाँसकोटाले बताए । त्यस्तै भद्रपुर नगरपालिकामा दुईजना संक्रमित भएका छन् । त्यसमध्ये एकजना झापा कारागारका कैदी रहेका छन् । त्यस्तै मेचीनगरमा दुईजनालाई संक्रमण पुष्टि भएको छ भने अर्जुनधारा, शिवसताक्षी र बाह्रदशीमा एक—एकजना संक्रमित भएका छन् । योसँगै जिल्लामा संक्रमितको सँख्या १७३० पुगेको छ । त्यसमध्ये १०९० जना निको भएका छन् । झापामा अहिलेसम्म कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्