एजेन्सी । क्रिस जोर्डनको अगुवाईमा घातक बलिङ गर्दै किंग्स इलावेन पन्जाबले गएराति दुबईमा खेलाइएको रोमांचक प्रतिष्पर्धामा सनराइजÞर्स हैदराबादलाई १२ रनले हराएको छ । यो टूर्नामेन्टमा पन्जाबको यो लगातार चौथो जित होे ।

आईपिएल १३ को ४३ औं म्याचमा पन्जाबले हैदराबादलाई जितका लागि १२७ रनको लक्ष्य दिएको थियो । हैदराबादको टीम १९.५ ओभरमा ११४ रनमा अलआउट भएको थियो ।अन्तिम ओभरमा हैदराबादलाई जितका लागि १४ रन चाहिएको थियो । अर्शदीपको त्यस ओभरमा हैदराबादले मात्र एक रन बनाउन सक्यो र अन्तिमको तीन विकेट गुमायो ।
हैदराबादका लागि कप्तान डेविड वार्नरले ३५ रन बनाए । पन्जाबका लागि क्रिस जोर्डन र अर्शदीप सिंहले तीन—तीन विकेट लिए । जोर्डन म्यान अफ द म्याच चुनिए । आईपिएल १३ मा यो पन्जाबको पाँचौ जित हो । जबकि हैदराबादको सातौं हार हो । पन्जाबकोे टीम अब अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्