झापा , कात्तिक ९ । मेची प्रादेशिक प्रयोगशाला भद्रपुरमा गरिएको पिसिआर परीक्षणमा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२१८ जनाको पिसिआर परीक्षण गर्दा ७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित हुनेहरु मेचीनगरका ४ जना रहेका छन् । त्यस्तै एक जना दमकको र अन्य दुई जनाको पालिका नखुलेको प्रयोगशालाका फोकल पर्सन जितेन्द्र झाले बताए ।उनले दशैंमा स्वाब संकलन रोकेपनि यसअघि संकलित स्वाब परीक्षण गर्ने क्रम जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्