झापा, कार्तिक ९ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं १ की ५६ वर्षिया चौधरी थरकी महिला रहेकी छन् । उनको आज दिउँसो मृत्यु भएको हो । असोज २७ गते विराटनगरको न्युरो हस्पिटलमा ती महिलालाई कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि ती महिला होमआइसोलेसनमा रहेकी थिइन् । स्वास्थ्य अबस्था गंभीर बनेपछि उपचारका लागि विराटनगर लादै गर्दा दिउँसो ३ बजेतिर उनको मृत्यु भएको र विराटनगरको म्याक्स हस्पिटलमा मृत घोषणा गरिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । लाशलाई कनकाई माईमा अन्त्येष्टिका लागि ल्याइदै गरेको उनले जानकारी दिए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १२ र जिल्लामा २४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्