झापा, कार्तिक ९ । झापामा कोरोना संक्रमितहरुको सँख्या तीब्र रुपमा बढ्दै गएको छ । अहिलेसम्मकै सर्वाधिक १५१ जनामा आज एकैदिन संक्रमण पुष्टि भएको हो ।

जसमा ५५ महिला र ९६ जना पुरुष रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी दमकका रहेका छन् । दमकमा ६६ जनालाई संक्रमण देखिएको हो । दमकका संक्रमितहरु २५ महिला र ४१ पुरुष छन् । उनीहरु १ देखि ९ नं वडाका भएको जनाइएको छ । दमकपछि बिर्तामोडमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा २० महिला र २२ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु वडा नं १ , ४ , ५ र १० का भएको जनाइएको छ । त्यस्तै गौरादहमा ११ , गौरीगञ्जमा ८ , मेचीनगरमा ७ , कमलमा ५ ,कनकाईमा ४ , हल्दिबारीमा ३ ,शिवसताक्षी र भद्रपुरमा २—२ जना रहेका छन् । भद्रपुरमा एकजना सशस्त्र प्रहरी रहेको जनाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको सँख्या १७४५ पुगेको छ भने त्यसमध्ये १०९० जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्