झापा,कार्तिक ११ । बैंकिङ कसुर मुद्धामा दुई महिना कैद र १ करोड १५ लाख विगो ठहरिएका फरार अभियुक्त राजेन्द्रप्रसाद प्रसाईलाई आज कनकाई नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको छ ।

हालसम्म फरार रही खोजतलाशका क्रममा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कनकाई ३ बाट प्रसाईलाई पक्राउ गरेको हो । भगवती ढुंगेलको जाहेरीमा बैंकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगर इलामको इजलाशले २०७६ पुष १४ गते प्रसाईलाई एक महिना कैद र २५ लाख विगो सुनाएको थियो भने उनै प्रतिवादीका नाममा सुरेन्द्रकुमार उप्रेतीको जाहेरीमा बैंकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगर इलामको इजलाशले २०७६ पुष २१ गते १ महिना कैद र ९० लाख रुपैयाँ विगो सुनाएको थियो । पक्राउ परेका प्रसाईलाई बडादशैपछि अदालत खुलेपछि पेस गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्