बिर्तामोड , कात्तिक ११ । बिर्तामोडमा आज ४ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिनेमा दुई महिला र दुई पुरुष रहेका छन् । संक्रमितहरु बिर्तामोड वडा न. १ र ३ का रहेका छन् ।योसँगै झापामा कोरोना संक्रमितको सँख्या १८८८ पुगेको छ । त्यसमध्ये १११९ जना निको भएका छन् ।