एजेन्सी । ओपनर्सको धमालपछि राशिद खानको चमत्कारी प्रदर्शनले सनराइजर्स हैदराबादले दिल्ली कैपिटल्समाथि ८८ रनको फराकिलो जित हासिल गरेको छ ।

यो जितसँगै हैदराबादले आईपिएल १३ को प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । हैदराबादले गएराति दुबईमा खेलाइएको म्याचमा दिल्लीको सामु जितका लागि २२० रनको लक्ष्य राखेको थियो । जवाफमा दिल्लीको टीम १९ ओभरमा मात्र १३१ रन बनाउँदै अल आउट भयो ।. हैदराबादका लागि राशिद खानले चार ओभरमा मात्र सात रन दिदै तीन विकेट लिए । संदीप शर्मा र टी नटराजनले दुई—दुई विकेट लिए । दिल्लीका लागि ऋषभ पन्तले ३६ र अजिंक्या रहाणेले २६ रन बनाए । हैदराबादका लागि ८७ रन बनाउने ऋद्धिमान साहा मैन अफ द म्याच चुनिए ।
हैदराबादको यो टूर्नामेन्टमा पाँचौं जित हो । जबकि दिल्लीलाई पाँचौं पटक हारको झट्का लागेको छ । दिल्लीले लगातार तेस्रो म्याचमा हार ब्यहोर्नु परेको हो । दिल्लीको टीम अंकतालिका तेस्रो स्थानमा झरेको छ भने हैदराबाद छैठौ. स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्