बिर्तामोड , कात्तिक १२ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टाकी ८० वर्षिया बृद्धा रहेकी छन् । उनको आज बिहान उपचारको क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए । एक सातादेखि विरामी भएर बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी ती बृद्धाको अबस्था गंभीर बनेपछि बिएण्डसी हस्पिटल लगिएको थियो । उनको पिसिआर परीक्षण विराटनगरको नोवेल हस्पिटलमा गरिएको र त्यही नै रिपोर्ट पोजिेटिभ आएको जनाइएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्