भद्रपुर , कात्तिक १४ । प्रदेश १ का सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा आज उनलाई संक्रमण पुष्टि भएको हो ।

कांग्रेसको तर्फबाट प्रदेश १ मा प्रतिनिधित्व गर्ने प्रदेश १ का उनी सबैभन्दा जेठा सांसद हुन्। झापा भद्रपुरका स्थानीय बासिन्दा उनी ७७ वर्षका छन्।
दुई दिनअघि एकसय डिग्री ज्वरो आएपछि उनले पिसिआर परीक्षण गराएका थिए। सांसद सरावगीको स्वास्थ्य अवस्था सामान्य छ । उनीसँगै उनका भाइ नन्दप्रकाश सरावगी (नन्दु) र नातिलाई समेत संक्रमण पुष्टि भएको छ । अहिले सांसद सरावगी सहित तीनै जना होम आइसोलेसनमा रहेको कांग्रेस झापा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्