बिर्तामोड , कात्तिक १४ । झापाको बिर्तामोड नगरपालिका–९ स्थित कोलाटोलीमा कृषक समूह गठन गरिएको छ ।

कोलाटोली नमुना टोलमा लालुपाते कृषक समूह गठन गरिएको हो। जेष्ठ नागरिक महेश्वर कार्कीको अध्यक्षतामा भएको स्थानीय कृषकहरुको भेलाले रत्न बस्नेत अध्यक्ष रहेको लालुपाते कृषक गठन गरेको हो। समूहको उपाध्यक्षमा बिश्वेश्वर राजवंशी,सचिवमा बिमल निरौला, सहसचिवमा रमेश कार्की, कोषाध्यक्षमा चन्द्रकला लुइटेल बस्नेत रहेका छन्। त्यसैगरी सदस्यमा बिमला दाहाल भट्टराई, योगमाया पौड्याल, जसबहादुर तामाङ र नुनाई बेस्रा रहेका छन्। त्यस्तै भोलानाथ पौड्याल संयोजक तथा महेश्वर कार्की र विष्णु पौडेल सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड–९का वडा सदस्य बालकृष्ण कार्कीले राज्यबाट प्रदान गरिने सेवा सुविधा सहजरुपमा प्राप्त गरी व्यावसायिक सफलताका हासिल गर्न सबै कृषक समूहमा आबद्ध भई जागरुक रहनुपर्ने बताए । कोलाटोली नमूना सरसफाई संस्थाका अध्यक्ष गणेश श्रेष्ठ, कोलाटोली टोल विकास संस्थाका उपाध्यक्ष चन्द्र बस्नेत, गौरीप्रसाद घिमिरेलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन भोलानाथ पौड्यालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्