झापा , कात्तिक १५ । कोरोना संक्रमणबाट एकैदिन बिर्तामोडका दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुवैजना बृद्ध रहेका छन् । दुवैजनाको विराटनगरको नोवेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । बिर्तामोड ५ का ६५ वर्षिय र वडा नं ७ का ७९ वर्षिय बृद्धको २४ घण्टामा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड ५ भद्रपुर पुरानो रोड निवासी ६५ वर्षिय कपुरचन्द चौधरी रहेका छन् । उनको शुक्रबार राति उपचारका क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको परिवारले जनाएको छ । मृतकको लाशलाई कनकाई माईमा नेपाली सेनाले अन्त्येष्टि गरेको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । त्यस्तै शनिबार दिउँसो बिर्तामोड ७ का ७९ वर्षिय हेमकुमार रिजालको उपचारको क्रममा नोवेल हस्पिटलमा मृत्यु भएको छ । उनलाई सोही हस्पिटलमा संक्रमण पुष्टि भएको थियो । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्