झापा , कात्तिक १६ । कोरोना संक्रमण तीब्ररुपमा फैलिने क्रममा झापामा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ३१ महिला र ४५ जना पुरुष छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ४५ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा आज २० महिलासहित ४५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४ वर्षदेखि ८० वर्षका बृद्ध रहेका छन् । उनीहरु १, २, ५, ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा हुन् ।यस्तै, कमल गाउँपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको छ । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगरका २ महिला र ४ पुरुष, बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका १ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।यसैगरी, शिवसताक्षीमा १ महिला र १ पुरुष, कनकाई, अर्जुनधारा र बुद्धशान्तिमा १–१ जना पुरुषमा संक्रमण भएको छ भने बाह्रदशी गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । झापामा संक्रमितको सँख्या २०९५ पुगेको छ । त्यसमध्ये १३०७ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्