दमक, कात्तिक १६ । कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको दमकमा स्थिति भयावह बनेको छ ।

जिल्लामा कोरोना संक्रमणको उच्च जोखिममा परेको दमकमा आइतबार एकैदन तीनजनको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । हालसम्म जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा त्यसमध्ये १८ जना दमकका छन् । दमक ७ का ४९ बर्षिय पुरुष, २ का ६७ वर्षिय बृद्ध र वडा नं ७ की ५५ वर्षिया महिलाको मृत्यु भएको हो । दमकमा आइतबार एकैदिन ४६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाभरि ७६ जनामा संक्रमण फैलिँदा दमकमा एकैदिन त्यति ठूलो सँख्यामा संक्रमित थपिएका हुन् । दमक नगरपालिकामा संक्रमितको संख्या र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो रहेको नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत कुवेर भट्टराईले बताए । उनले स्थिति भयावह बन्दै गएको धारणा राखे । दमकका नगर प्रमुख रोमनाथ ओली पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्