भद्रपुर , कात्तिक १७ । शरिर बन्धक र बंैकिङ कसुर मुद्धाका दुई प्रतिवादी जेल चलान भएका छन् ।

जेल चलान हुनेहरुमा मेचीनगर १२ बस्ने नरेश मेचे र कन्काई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाई रहेका छन् । केही दिनअघि पक्राउ परेका दुवै फरार अभियुक्तहरुलाई झापा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।
संगठित रुपमा मानव अपहरण गरी शरिर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्धामा सुनिलकुमार अग्रवालले मेचेमाथि जाहेरी दिएका थिए । उनलाई झापा जिल्ला अदालतबाट २०७५ फागुन २७ मा सत्र बर्ष कैद र एक लाख पचास हजार जरिवाना तोकिएको थियो । घटनापछि फरार रहेका मेचेलाई केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौको पहलमा कात्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा बुझाईएको थियो ।

त्यस्तै भगवति ढुङ्गेल र सुरेन्द्रकुमार उप्रेतीको जाहेरीमा बैंकिङ्ग कसूर मुद्दामा उच्च अदालत बिराटनगरको इलाम इजलाशले दुई महिना कैद र एक करोड २५ लाख रुपैयाँ विगो सुनाइएका प्रसाईलाई पनि जेल चलान गरिएको छ । हालसम्म फरार रहेका प्रसाईलाई कात्तिक ११ गते प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्