झापा, कात्तिक १७ । झापामा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाका १५ पालिकामध्ये ११ पालिकामा २४ महिला र ३५ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कनकाई नगरपालिकामा १४ जना संक्रमित थपिए । कनकाईमा ५ महिला र ९ पुरुष, बिर्तामोडमा ७ महिला र ६ पुरुष, दमकमा २ महिला र ७ पुरुष, अर्जुनधारामा ३ महिला र २ पुरुष र गौरादहमा २ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यसैगरी, शिवसताक्षीमा ४ पुरुष, कमल गाउँपालिकामा २ महिला १ पुरुष, भद्रपुरमा १ पुरुष, १ महिला, झापा र गौरीगञ्जमा १–१ पुरुष र बुद्धशान्ति गाउँपालिकामा २ जना महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्