एजेन्सी । दिल्ली कैपिटल्सले गएराति अबुधाबीमा खेलाइएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ ।

दिल्लीको टीमले ६ नोभेम्बरअघि क्वालिफायर प्रतिष्पर्धामा मुम्बई इन्डियन्सको सामना गर्नु पर्नेछ ।
दिल्लीले बैंगलोरका तर्फबाट जितका लागि पाएको १५३ रनको लक्ष्य १९ ओभरमा चार विकेटको क्षतिमा हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ५४ र अजिंक्या रहाणेले ६० रन बनाए । हारपछि बैंगलोरको टीम तेस्रो स्थानमा झरेको छ । तर, कोलकाता नाइट राइडर्सभन्दा राम्रो रन रेट भएका कारण बैंगलोरले पनि प्लेअफमा आफ्नो स्थान पक्का गरेको छ । प्लेअफको चौथो टीमको निर्णय सनराइजर्स हैदराबाद र कोलकाताबीच हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्