झापा, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति पदको निर्वाचनको प्रारम्भिक मतपरिणाममा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले अग्रता लिएपनि पछिल्लो मतपरिणाममा जो बाइडेनले उछिनेका छन् ।

ट्रम्पले ११४ इलेक्टोरल कलेजका प्रतिनिधि जित हासिल गर्दा उनका प्रतिष्पर्धी पूर्वउपराष्ट्रपति बाइडेनले १९२ प्रतिनिधि हासिल गरेका छन् ।
आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट बीच भएको प्रतिष्पर्धालाई मतदाताहरुले आफ्ना मतमार्फत् अभिमत दिएका छन् । निकै विवादित र विभाजित रुपमा चलेको अमेरिकी निर्वाचन अभियान सकाउँदै मतदाताहरुले उत्साहपूर्वक मत दिएका हुन् । अघिल्ला निर्वाचनका तुलनामा यस पटक धेरै प्रतिशत मत खसेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्