मोरङ , कात्तिक १९ । डेढ दशकदेखि भक्ति संगीतमा समर्पित चर्चित ढोलकवादक राघव राजवंशी ‘फूपा’ को आज बिहान निधन भएको छ ।

मोरङ बेलबारी ७ निवासी ५५ वर्षिय राजवंशी लिभरको क्यान्सर रोगले थलिएका थिए । आज बिहान उनको घरैमा निधन भएको छिमेकी बिक्रमश्री बाँस्तोलाले जानकारी दिएका छन् । खर्च नभएर चर्चित ढोलकवादक र नालवादक राजवंशीले उपचार गर्न सकिरहेका थिएनन् । उनको उपचारका लागि धेरैले सहयोग दिएका थिए । भक्ति संगीतमा वाद्यवादन गर्न राघव देशका विभिन्न ठाउँसँगै भारतको दार्जिलिङ, आसाम , सिक्किमसम्म पुग्ने गर्थे । विक्रमश्री वाँस्तोला , कुवेर सुवेदी , उदय दाहाल , दुर्गा ओली , भुपु पाण्डे , राजु अधिकारी , तुलसा तिम्सिना , प्रेमसागर निरौला , महेश खतिवडा , तारा घिमिरे , सुमन खनालजस्ता पण्डितहरुसँग धार्मिक कार्यक्रममा उनी प्रमुख कलाकारको रुपमा सरिक हुने गर्थे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्