बिर्तामोड, कात्तिक २१ । पछिल्लो समय विश्वभर सबैभन्दा बढी प्रयोग भैरहेको शब्द हो कोरोना । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण आज संसारमा हजारौँले ज्यान गुमाए भने लाखौँ मानिस संक्रमित भइसकेका छन् ।


कोरोना लागेर मर्ने एउटा चिन्ता छ भने, आय आर्जनका श्रोत बन्द हुनाले मानिसहरुमा अर्को चिन्ता थपिएको छ । कोरोना कहकै कारण मानिसका दैनिक गरिने क्रियाकलापमा ‘ब्रेक’ लागेको छन् । व्यापार व्यवसायमा मन्दि छाएको छ । मानिसहरुमा भविष्यको चिन्ताले सताउन थालेको छ। कोरोना भाइसकै कारणले देशभर आत्महत्या गर्नेको संख्यामासमेत वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ ।

झापा जिल्लामा पनि आत्महत्या डर लाग्दो समस्या बन्दै गएको छ । जिल्लामा गत वर्षको भदौ देखि फागुनसम्मको अवधिमा १ सय ३ जनाले आत्महत्या गरेका थिए । त्यस्तै, कोरोना कहरसँगै गत वर्षको चौतमा शुरु भएको लकडाउन यता असोजसम्मको (६ महिना) तथ्यांकलाई हेर्दा झापामा १ सय २० जनाले जनाले आत्महत्या गरेका छन् । भदौ महिनादेखि फाल्गुन सम्म ५८ पुरुष, ३२ महिला ७ बालक र ६ बालिकाले आत्महात्या गरेका छन् । यो तथ्यांक हेर्दा महिलाको तुलनामा पुरुषले बढी आत्महात्या गरेको देखिन्छ ।

पछिल्लो तथ्यांक अनुसार चैत देखि असोजसम्म आत्महत्या गर्नेहरुमा ६६ पुरुष, ४५ महिला, ५ बालक र ४ बालिका रहेका छन् । अघिल्लो छ महिनाको तुलनामा पछिल्लो ६ महिनामा १६.५ प्रतिशतले आत्महत्या बढेको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्