बिर्तामोड, कात्तिक २३ । कोरोना संक्रमणबाट एकैदिन दुईजनाको मृत्यु भएको झापाको बिर्तामोडमा आज ११ जना संक्रमित थपिएका छन् ।
थपिनेमा ३ महिला र ८ पुरुष रहेका छन् । संक्रमितमध्ये तीन स्वास्थ्यकर्मी हुन् । उनीहरु निजी अस्पतालका स्वास्थ्यकर्मी भएको जनाइएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमितको सँख्या ४३१ पुगेको छ । कोरोना संक्रमणबाट बिर्तामोडमा एक बृद्ध र एक महिलाको गएराति मृत्यु भएको हो । बिर्तामोड ६ की ४२ वर्षिया सुष्मा रेग्मी र वडा नं ४ का ८५ वर्षिय श्रीकृष्ण चुडालको मृत्यु भएको हो । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ।