झापा , कात्तिक २३ । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ४ का ८६ वर्षिय बृहष्पति प्रसाई रहेका छन् । बिर्तामोडको मनमोहन हस्पिटलमा उपचाररत प्रसाईको अबस्था गंभीर बनेपछि विराटनगरतर्फ लादै गर्दा उनको बाटैमा मृत्यु भएको नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । योसँगै झापामा आज कोरोनाबाट ४ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्