भद्रपुर, कार्तिक २३ । सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर २ गणको टोलीले झापाका विभिन्न स्थानबाट ४ लाख ५० हजार मूल्य बराबरका पटका बरामद गरेको छ ।

अवैध रूपमा भारतबाट ल्याइएका विभिन्न किसिमका पटाकाहरू झापाको पृथ्वीनगर, बाहुण्डाँगी, टाघनडुब्बा, केचना, माताचौक, शनिश्चरे लगायतका स्थानबाट बरामद गरिएको हो । ती पटाका मातहतका सुरक्षा वेश क्याम्प तथा बोर्डर आउट पोष्टबाट खटिएको टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्