एजेन्सी । दिल्ली कैपिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै आईपीएल १३ को फाइनलमा प्रवेश पाएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2020/11/115296876_dd8ac2a4-2d95-49b1-b117-07bc0de20387.jpg)
दिल्लीको टीमले भोलि फाइनलमा मुम्बई इंन्डियन्सको सामना गर्नेछ । दिल्ली कैपिटल्सले अबुधाबीमा खेलाइएकोें दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई १९० रनको चुनौती दिएको थियो । जवाफमा हैदराबादको टीमले आठ विकेटमा मात्र १७२ रन बनाउन सक्यो ।