बिर्तामोड, कात्तिक २४ । दिन प्रतिदिन कोरोना संक्रमणबाट मानव क्षति हुने क्रममा झापाको बिर्तामोडमा थप दुई जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने दुवै पुरुष हुन् । बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षिय देवीप्रसाद खरेलको आज विहान ४ बजे मृत्यु भएको हो । इलामबाट आएर उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए । करीव एक साताअघि ती बृद्धको घरमै स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
त्यस्तै बिर्तामोडको बिएण्डसी हस्पिटलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम जिल्लाका ५८ वर्षिय रामबहादुर थापा रहेका छन् । उनको राति ९.१५ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १० र जिल्लामा ६६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्