इलाम, कात्तिक २४। इलाममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देउमाइ नगरपालिका वडा नं ४ मंगलबारेका ६८ वर्षिय पुरुष रहेका छन् । बिराटनगरको नोबल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
स्वास्थ्य समस्या देखा परे पछि उनलाई नोबलमा भर्ना गरिएको थियो। उनलाई कार्तिक १९ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।

योसँगै इलाममा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्