बिर्तामोड, कात्तिक २४ । सोमबार (आज)बाट मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतका रुपमा खेमराज ओझाले कार्यभार सम्हालेका छन् । मन्त्रालयले मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न पठाएकाले प्रक्रियगत रुपमा आजदेखि कार्यभार सम्हालेको ओझाले बताए । उनी मोरङको रतुवामाइ नगरपालिकाबाट सरुवा भएर मेचीनगर आएका हुन् ।


एक महिना अघि मात्र इलामको माइ नगरपालिकाबाट मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका दिनानाथ लम्सालको मोरङ रतुवामाइ नगरपालिकामा सरुवा भएको छ । ओझा झापाको लखनपुरवासी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्