झापा , कात्तिक २४ । आज साँझ झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका वडा नं ६ की ६८ वर्षिया देवीमाया रेग्मी रहेकी छन् । उनको आज साँझ घरैमा मृत्यु भएको हो । केही दिनअघि ती महिलालाई उपचारका लागि नोवेल हस्पिटल विराटनगर लगिएको थियो । विराटनगरमा स्वाब दिएर उनलाई घर ल्याइएको थियो । हिजो उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको र आज मृत्यु भएको कचनकवलका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । कचनकवलमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६८ पुगेको छ ।