सुस्मा राई ।
अर्जुनधारा , कात्तिक २६ ।
कोरोना भाइरसको कारण आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीहरूको रोजगारी गुमाएका छन् ।


ताप्लेजुङ्गका देब खरेलले पनि कोरोना भाइरसको कारण आफ्नो रोजगार गुमाए । उनले दुबईको होटेलमा दुई वर्षदेखिसम्म काम गरे । त्यसपश्चात रेडचरी टुरिज्म कम्पनीमा टुरिज्म गाइडको काम गर्दै आएका उनको मासिक १ लाख रुपैयाँ कमाई थियो । कोरोना भाइरको कारण पर्यटक आउन छाडेपछि उनी कार्यरत कम्पनी बन्द भयो । कम्पनी बन्द भएसँगै खरेल नेपाल फर्किए ।


खरेलले वैदेशिक रोजगार गुमाए पछि झापाको अर्जुनधारा– ११ मातामन्दिर छेउमा डिजी क्वालेटी फुड एण्ड बारक्यु हाउस सञ्चालनमा ल्याएका छन् खरेलले । उनले दुइ जनालाई रोजगार पनि दिएका छन् । कोरोना महामारीले व्यापार व्यवसाय ठप्प रहे पनि भविष्यमा राम्रै चल्ने आशाले व्यवसा सञ्चालनमा ल्याएको उनी बताउँछन् । महामारीकै कारण पुनः वैदेशिक रोजगारमा जाने सोच नबनाएको खरेलले बताए । “अन्य कम्पनीमा जाँदा कमाई हुँदैन” खरेलले भने, “त्यही कम्पनीमा गए बन्द भइसक्यो ।”


रेस्टुराँमा २२ लाख रुपैयाँ लगानी गरेको उनले बताए । रेस्टुराँमा ग्राहकले पारिवारिक वातावरण विभिन्न परिकारमा नयाँ स्वाद लिने पाउने छन् । रेस्टुराँमा नेपाली खानाका साथै इन्डियन, चाइनिज तथा फ्रेच परिकार पनि उपलब्ध हुनेछन् । त्यस्तै बर्थदे पार्टी, सेमिनार, गोष्ठी तथा छलफलका लागि पनि ठाउँको व्यवस्था रहेको रेस्टुराँ सञ्चालक खरेल बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्