झापा कात्तिक, २६ । किरात याक्थुङ चुम्लुङ झापाका कार्यवहाक अध्यक्ष शेसेहाङ फियाकले आफूले पाएको अख्तियारी विधानसम्मत भएको जिकीर गरेका छन् । उनले पाएको कार्यवाहकको अख्तियारीप्रति चुम्लुङका पदाधिकारीहरुको गुनासो सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि फियाकले आफूले पाएको जिम्मेवारी चुम्लुङको विधान र लिम्बू जातिको हितका लागि नै भएको जिकिरे गरेका हुन् ।

सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै फियाकले चुम्लुङ जिल्ला समिति भित्र हुँदै आएको बैमन्स्यताका कारण अस्वस्थ्य रहेका चुम्लुङ जिल्ला अध्यक्ष भक्त खेवाङले कार्यवाहकको जिम्मेवारी दिएको बताउदै यसैलाई इगो गर्नु उचित नहुने बताएका छन् । अध्यक्ष खेवाङले पदाधिकारी हुदाँहुदै सदस्यलाई जिम्मेवारी दिनु विधान सम्मतनै भएको र यसलाई प्रतिष्ठाको विषय वनाउनु दुःखद भएको उनको भनाइ छ ।
उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी किन दिनुप¥यो, कसरी दिए, किन मलाई नै दिनुप¥यो भन्ने बिषयमा उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत सदस्यहरूलाई जानकारी गराएको समेत उल्लेख गरेका छन् । जिल्ला चुम्लुङको दैनिक कार्य सञ्चालन गर्दैजाने गरी अध्यक्षज्यूले अख्तियारी दिएको प्रष्टयाउदँै उनले भनेका छन्, –‘चुम्लुङमा मेरो स्वार्थ छैन्, सदैव चुम्लुङको विकासको निम्ती भूमिका हुनेछ ।’
पाँचथर जिल्लामा रहेर काम गर्दा चुम्लुङको एक कार्यकाल सचिवको जिम्मेवारी सम्हालेको बताउदैँ फियाकले दमक आएपछि पनि चुम्लुङ दमक नगरसमितिको सल्लाहकारक, चुम्लुङको मुखपत्र तान्छोप्पा पत्रिकाको झापा प्रतिनिधि भएर निकै समयसम्म काम गरेंको जनाएका छन् । राष्ट्रिय चुम्लुङ् सदस्य पदमा रहेर जिल्ला कार्य समितिको हरेक कृयाकलापमा सहभागि हुँदै आएको उल्लेख गर्दे फियाकले संस्थाका अध्यक्ष र पदाधिकारीहरुबीचको मनमुटाव बसेर समाधान खोज्न पनि आग्रह गरेका छन् ।
चुम्लुङ झापामा अध्यक्षसँग उपाध्यक्ष जनबहादुर जवेगु, सचिव जीवन सिंगकले पौंठेजोरी मात्र खेलेको, आजीवन सदस्यको रकम मिलान नगरेको भन्दै कार्यवाहक अध्यक्ष फियाकले यतिसम्म कि बिर्तामोडस्थित जिल्ला चुम्लुङ भवन मर्मत् र सामुदायिक भवन बनाउँन प्रदेश सरकारले प्रदान गरेको बजेट कार्यान्वयन गराउने सन्दर्भमा बारम्बार असहयोग भएको आरोप लगाएका छन् ।
कात्तिक ५ गते बसेको जिल्ला कार्य समितिको नियमित बैठकले राष्ट्रिय चुम्लुङ् सदस्यबाट पदमुक्त गराइ रिक्त रहेको जिल्ला सदस्य पदमा बहुमत सदस्यहरूको समर्थनमा मनोनयन गरी जिल्ला सदस्यमा मनोनित गरेको र वरिष्ठ सदस्यको नाताले आफूलाई कार्यवाहक दिएको स्पष्ट पारेका छन् ।