गौरादह , कार्तिक २६ । कोरोना संक्रमण तीव्र बढेसंगै झापाको गौरादहमा आजदेखि आंशिक लकडाउन हुने भएको छ ।

आज बुधबारदेखि बेलुका ५ बजेदेखि बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।
नगर प्रमुख रोहितकुमार साहको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगर भित्र दिनानु दिन संक्रमण फैलिदै गएपछि जोखिम नियन्त्रणका लागि यहाँका उद्योग,व्यापार,बजार, यातायात सहितका सबै बन्द गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले वताए ।
उनका अनुसार अर्को सूचना जारी नभएसम्म आंशिक लकडाउन रहने छ । समुदायमा कोरोना संक्रमण तीब्र बढेसँगै नगरपालिकाले आंशिक लकडाउन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको उनले बताए । यस्तै सर्वदलीय बैठकले संक्रमितलाई अस्पतालसम्म पु¥याउन नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, बैठकले कोरोना संक्रमणबाट मृत्यु भएकालाई ल्याउनका लागि नगरपालिकाले नै शव बाहनको व्यवस्थापन गर्नका लागि प्रवक्ता भण्डारी र गौरादह २ का वडा अध्यक्ष हेमन्त कार्कीलाई फोकल पर्सन तोक्ने निर्णय गरेको छ । गौरादहमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ ।
यता दमकमा गत कार्तिक १९ गते आंशिक लकडाउन कायम रहेको छ । जिल्लामै सवैभन्दा धेरै संक्रमण फैलिदै गएपछि नगरपालिकाले संक्रमण थप जोखिम हुन नदिन अपरान्ह ४ वजेदेखि विहान ७ वजेसम्म लकडाउन गर्दै आएको प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाले बताए । उनका अनुसार जारी आंशिक लकडाउन कार्तिक मसान्तसम्म रहने छ । संक्रमणवाट दमकमा हालसम्म २३ जनाको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्