बिर्तामोड, कात्तिक २६ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिकाबाट अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको तामाको भाडा, सुर्ती, र पटका बरामद गरेको छ ।
प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चार लाख सत्तरी हजार रुपैयाँ बराबरको तामाको भाडा, सुर्ती, र पटका बरामद गरेको हो । बुधबार बरामद गरीएका उक्त समानहरु आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।