झापा , कात्तिक २६ । कोरोना संक्रमणबाट झापामा थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ६ का ४५ वर्षकी कार्की थरकी महिला रहेकी छन् । उनको आज साँझ विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । उनलाई हिजो सोही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २५ र झापामा ७१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्