दमक , कात्तिक २७ । झापाको दमकमा कोरोना संक्रमणबाट लगातार मृत्यु हुँदै आएको छ ।

हिजो ४५ वर्षिया एक महिलाको मृत्यु भएको भोलिपल्ट आज विहान फेरि एकजनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दमक वडा नं ६ का ८६ वर्षिय बृद्ध वीरबहादुर खड्का रहेका छन् । होम आइसोलेसनमा बसेर उपचार गराइरहेको अबस्थामा उनको आज विहान ५.३० बजे मृत्यु भएको हो । उनलाई कात्तिक १९ गते संक्रमण पुष्टि भएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २६ र झापामा ७२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्