कमल,कार्तिक २७ । झापाको कमल गाउँपालिका १ का कटुवाल दम्पतीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर स्थानीय जनता माध्यमिक विद्यालयलाई ५० हजार मूल्य बराबरको अफिस टेवल प्रदान गरेका छन् ।


जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई निरुत्साहित गर्न वडाध्यक्ष समेत रहेका केदार कटुवाल र उनकी श्रीमती एलिशा डाँगी कटुवालले आफ्ना कान्छा छोरा अनुभवको पहिलो बार्षिक जन्मदिनमा विद्यालयलाई रु ५० हजार मूल्य बरावरको अफिस टेवलसहितका फर्निचरका सामग्रीहरु प्रदान गरेका हुन् ।

यसअघि समेत उनले आफ्ना जेठा छोरा आगमनको जन्मदिनमा पनि गत वर्ष आर्थिक अवस्था कमजोर भएका दुई परिवारलाई ४० हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिदिनुका साथै वडा नम्वर १ कै मिस्त्री वस्तीमा समेत ३२ हजार रुपैयाँको लागतमा ४ थान सोलार वत्ती जडान गरिदिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्