बिर्तामोड ,कात्तिक २८ । झापामा पछिल्लो २४ घण्टाभित्र ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएकामध्ये बिर्तामोडका चार जना स्वास्थ्यकर्मी रहेका छन् ।शुक्रबार सबैभन्दा बढी कचनकवल गाउँपालिकामा ३ महिला र ११ जना पुरुष संक्रमित थपिएका छन् । यस्तै, बिर्तामोड र दमकमा १३–१३ जना रहेका छन् । बिर्तामोडमा ४ जना महिला र ९ जना पुरुष थपिएका हुन् भने दमकमा २ जना महिला र ११ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यस्तै, मेचीनगर गौरादहमा ५–५ जना, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा ३ पुरुष, कमलमा ३ जना, शिवसताक्षीमा २ जना, बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबारसम्म झापा जिल्लामा कुल संक्रमितको संख्या २ हजार ९१६ पुगेको छ । यस्तै १ हजार ७७० जनाले कोरोना जितेका छन् भने १ हजार ७१ जना सक्रिय संक्रमित भई आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्